मधेशीका नाममा संविधान बन्न नदिने चलखेल भयो : ओली
काठमाडौं,२२ असार । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेशी दलका नाममा भ्रम छर्ने काम भइरहेको बताउनु भएको छ । मधेशीका नाममा संविधान बन्न नदिने शक्तिहरुको चलखेल भइरहेको भन्दै उहाँले त्यस्ता भ्रमको खेतीमा नलाग्न आग्रह गर्नु भयो ।
आज विराटनगरमा भएको कार्यक्रममा उहाँले मधेशीका नाममा भइरहेका जिद्धिपूर्ण कुराले देशलाई कहिल्यैपनि भलो नगर्ने बताउनु भयो । मधेशका नाममा साम्प्रदायिक दंगा भड्काउने तथा साम्प्रदायिक सद्भाव खलबल्याउने काम भइरहेको
आरोप लगाउँदै उहाँले यस्ता गतिविधिलाई असफल बनाएरै छाड्ने ठोकुवा गर्नु भयो । घृणाको खेती गर्नु भन्दा पनि संविधान र राष्ट्र निर्माणमा एक जुट हुन ओलीले सवैलाई आग्रह गर्नु भयो । ओलीले कुनै पनि हालतमा साउन १५ गतेसम्म संविधान आउने पनि बताउनुभयो ।