Live Streaming

साउन १ गतेदेखि प्लास्टिकको झोला फेरि प्रतिबन्ध

काठमाडौं,सरकारले नयाँ आर्थिक बर्षदेखि काठमाडौँ उपत्यकामा प्लास्टिकको झोलाको प्रयोगलाई पुनः प्रतिबन्ध गर्ने भएको छ । गत वैशाख १ गतेदेखि उपत्यकामा प्लास्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाइएकामा वैशाख १२ गतेको भूकम्प र त्यसपछिका परकम्पनका कारण मन्त्रालयले निरीक्षण गर्न सकेको थिएन ।

साउन १ गतेदेखि प्लास्टिकको झोला उत्पादक तथा प्रयोगकर्तालाई कडाइका साथ अनुगमन गरी प्रयोगमा प्रतिबन्ध लगाइने विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार थापाले जानकारी दिनुभयो ।

मानव स्वास्थ्यमा हानि पु¥याउने विभिन्न किसिमका रसायनको मिश्रणबाट उत्पादन भएका प्लास्टिकको प्रयोगबाट उपत्यकाको वातावरणमा प्रतिकूल असर, नदीनाला फोहोर, ढल जाम तथा सहरको सौन्दर्यमा ह्रास आउँदै गएको सरकारको भनाइ छ ।