कागज च्यादैमा संविधान बन्न रोकिन्न ओली
झापा,२१ असार । एमाले अध्यक्ष केपी ओलीले केही सभासदको अवरोधले संविधान निर्माणलाई असर नगर्ने बताउनुभएको छ । झापाको दमकमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले साउनको दोस्रो सातासम्म संविधान आएरै छाड्ने दावी गर्नुभयो ।
एक दुईजनाले संविधान नाम लेखेको कागज च्यात्दैमा संविधान निर्माणको कार्यलाई असर नगर्ने उहाँको भनाइ छ । उहाले संविधानको प्रस्तावित मस्यौदाप्रति असहमति राखेर केही समूहले जलाउँदै हिँड्नुको तुक नभएको तर्क गर्नुभयो । संविधान निर्माणको ऐतिहासिक अवसर भएको भन्दै ओलीले केही नपुगेका विषय भए पछि संशोधन गर्न सकिने बताउनुभयो ।