Live Streaming

महले बनाउँंछ सुन्दर ओठ

काठमाडौं,२१ असार । शरीरका विभिन्न अंगजस्तै ओठ पनि एउटा अभिन्न भाग हो । यसले मानिसको सौन्दर्यमा ठूलो भूमिका खेलेको हुन्छ । त्यसैले ओठको नियमित सरसफाइ र हेचरविचार गर्नुपर्छ । ओठ व्यक्तिपिच्छे फरक फरक आकारका हुन्छन् । कुनै ओठ साना र कुनै ओठ ठूला आकारका हुन्छन् । त्यस्तै कुनै ओठ गुलावी रङका र कुनै ओठ फुस्रो हल्का कालो रङका हुन्छन् ।

यद्यपि जस्तोसुकै ओठ भएपनि त्यसको नियमित हेरविचार र सरसफाइको जरुरी पर्छ । प्रायजसो धुमपान गर्नेहरुका ओठ फुस्रो र कालो रङका र झट्ट हेर्दा फोहोरजस्ता पनि देखिन्छन् । त्यसैले अस्वस्थ ओठले व्यक्तिको व्यक्तित्वमा समेत असर पुर्याइ रहेको हुन्छ । 

ओठलाई सधैं बचाइ राख्न महको प्रयोग गर्न सकिन्छ । मह एउटा खाद्यपदार्थ मात्र नभइ बहुगुणी औषधि पनि हो ।ओठमा  नियमितरुपमा महको प्रयोग गर्दा यसले ओठलाई स्वस्थ राख्छ । यतिमात्र नभइ नियमित मह सेवनले छालासम्बन्धी समस्याबाट पनि बच्न सकिन्छ ।

कागतीको रस र  गुलाव जलमा  एक दुई थोपा  मह राखेर बनाएको मिश्रण ओठमा लगाउँदा ओठमा भएको कालो भाग हट्छ  र  ओठ सुन्दर देखिन्छन् । महमा भिटामीन सी र बी पाइन्छ । पछिल्लो समयमा सौन्दर्य सामग्रीमा पनि  महको प्रयोग गरेको पाइन्छ । यसले छालालाई लामो समयसम्म स्वस्थ  राख्नमा  ठूलो भूमिका खेल्छ ।
श्रोत : एजेन्सी