Live Streaming

वेलहिया नाकाले ठूलो रकम भित्र्यायो

कृष्णप्रसाद ढकाल

भैरहवा: नेपालको मुख्यस्थलमार्ग वेलहिया नाकाबाट विश्वका एकसय २१ देशका पर्यटकबाट करिव ११ करोड वैदेशीक रकम नेपाल भित्रिएको छ । उक्त रकम चालू वर्ष नेपाल आएका पर्यटकहरुबाट उठेको भिसा शुल्कवापतको हो । चालुू वर्ष वेलहिया नाकाबाट एकलाख २५ हजार पाचसय ४१ जना प्रवेश गरेका छन् भने एकलाख १७ हजार ६ जना वहिर्गमन हँुंदा रकम बुझाएको अध्यागमन कार्यालयका वरिष्ट अध्यागमन अधिकृत आन्नद पौडेलले जानकारी दिए । 

सार्क मुलुकमा भारतबाहेक सबैभन्दा बढी श्रीलंकाका ३६ हजार, थाईलयाण्डका २५ हजार पर्यटक नेपाल भित्रिएका छन् । यसैगरी उतरी छिमेकी चीनीया पर्यटक तीनहजार १८१ जनाले यसनाकाबाट प्रवेशाज्ञा लिएका छन् । अमेरीका, जापान, बेलायत, कोरीया, कम्वोडिया, फ्रान्स, जर्मन, फिनल्याण्डलगायत १२१ राष्ट्रका पर्यटकहरु विभिन्न संख्यामा यस नाकाबाट प्रवेश एवं वहिर्गमन गरेको अध्ययागमन कार्यालयले तथ्याङ्क सार्वजनिक गरेको छ । 


यसैबिच अध्ययागमन कार्यालयको काम अझ प्रभावकारी बनाउन आइतबार अध्यागमन विभागका महानिर्देशक केदार न्यौपानेले अध्यागमन कार्यालयको अनुगमन निरीक्षण गरी सरकोकारवाला निकायका अधिकारीहरुसंँंग वृहत अन्तरक्रिया गरेका छन् । भिसा रिडएवल बनाउन अध्यागमन विभागले छिटै नयाँ रिडएवल मेसीन ल्याउन पहल भइरहेको उनले बताए । राहादानी (पासपोर्ट) एमआरपी भएपनि अझसम्म नेपालमा भिसा रिडएवल मैसीन छैन् । 


यसैगरी निकट भविश्यमै प्रत्येक अध्यागमन कार्यालयहरुमा पर्यटकहरुको फोटो खिच्ने, ईन्ट्री कार्ड उपलव्ध गराई उनीहरुको भ्रमणबारे निरन्तर जानकारी लिने, एटिएमबाटै भिसाको रकम लिने सुविधाको व्यवस्था गर्न विभागले पहल गरिरहेको महानिर्देशक न्यौपानेले संचारकर्मीलाई जानकारीदिए । पर्यटकको वेसीजन एवं भुकम्पको प्रभावले हाल यस नाकाबाट पर्यटक आगमनमा मन्दी आएको छ ।  


उक्त अन्तरक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकाल, प्रहरी वरिष्ट उपरीक्षक गणेश केसी, रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकाल, ससस्त्र प्रहरी सिमा सुरक्षा कार्यालयका प्रमुख ससस्त्र प्रहरी उपरीक्षक गुनाखर खनाल, ससस्त्र प्रहरी भंसार राजश्व गुल्मका प्रहरी नायव उपरीक्षक कमल तिमिल्सीना, सिमानाकामा चेलीवेटी निगरानी गर्ने संस्थाका प्रमुखहरुले सिमामा हुने विभिन्न गतिविधीहरुको बारेमा जानकारी दिएका थिए ।