सर्पले डसेर किशोरीको मृत्यु
अछाम, २१ असार । सर्पको डसाइबाट अछाममा एक किशोरीको मृत्यु भएको छ । शनिबार सर्पको टोकाईबाट घाइते भएकी अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १ बैजनाथ नीवासी जानकी विकको आज बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
१७ वर्षीया जानकीलाई शनिबार राति घरमा सुतिरहेको अवस्थामा सर्पले डसकेको थियो । सर्पले डसेलगत्तै बयालपाटा अस्पताल ल्याएर भर्ना गराएकी जानकीको आज बिहान उपचारको क्रममा मृत्यु भएको उनका बुवा लक्ष्मणबहादुर विकले जानकारी दिनुभयो ।