कांग्रेसभित्र हिन्दू राष्ट्रको माग गर्दै आन्दोलन
काठमाडौं,२१ असार । नेपाली कांग्रेसभित्र संविधानमा हिन्दू राष्ट्रको माग गर्दै विवाद सुरु भएको छ । पार्टीका केही नेताहरु हिन्दू राष्ट्रको माग गर्दै आजदेखि आन्दोलनमा जाने भएका छन् । खुमबहादुर खड्का, लक्ष्मण घिमिरे, तारानाथ रानाभाट, हरिबोल भट्टराई, शंकर भण्डारी पुष्पा भुषाल लगायतले धर्मनिरपेक्ष संविधानको विरोध र सनातन हिन्दु राष्ट्र नेपालको माग गर्दै आजदेखि आन्दोलन सुरु गर्न लागेका हुन् ।
खड्काले धर्मको सवालसहित, बहुदलीय संसदीय शासन व्यवस्थालाई मस्यौदामा संविधानको अपरिवर्तनीय धारामा समावेश गर्न, प्रस्तावनामा बहुलवाद अनिवार्य रूपमा राख्नुपर्नेमा त्यसो हुन नसकेकाले आन्दोलन सुरु गर्नु परेको बताउनुभयो ।