Live Streaming

साउन पन्धभित्र संविधान

काठमाडौं,२० असार । साउन १५ गतेभित्रै संविधान ल्याउने गरि प्रमुख दलका नेताहरू मस्यौदामाथि जनताको राय÷सुझावका लागि दिइने समयसीमा र विधिबारे गृहकार्यमा जुटेका छन् । अबको एक महिनाभित्र संविधान ल्याउने गरि संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले गरेको प्रस्ताव अनुसार दलहरु छलफलमा जुटेको एमाले प्रमुख सचेतक अग्नि खरेलले जानकरी दिनुभयो ।

शनिबार साँझ बालुवाटारमा छलफल गरेका प्रमुख दलहरुले आज पनि विभिन्न अनौपचारीक छलफल जारी राख्ने भएका छन् । पहिलो मस्यौदामाथिको छलफल, जनताको राय संकलनसहितको प्रक्रिया अघि बढाउने गृहकार्य भइरहेको छ ।

दलहरूबीच प्रारम्भिक मस्यौदालाई सर्वसाधारणबीच छलफल गर्न दिइने समयसीमा, विधेयक परिमार्जनमा अपनाइने प्रक्रिया र संविधान जारी गर्ने मितिबारे स्पष्ट सहमति हुन बाँकी छ ।