Live Streaming

तालेबान विद्रोहीका एक उच्च कमाण्डरको मृत्यु

एजेन्स,२० असार । अफगानिस्तानमा सेनाले गरेको कारवाहीमा तालेवान विद्रोहीका एक उच्च कमाण्डरको मृत्यु भएको छ । तालेवान विद्रोहीका कमाण्डर हाजी वाजीर सो कारवाहीका क्रममा मारिएको सेनाले दावी गरेपनि तालेवान विद्रोहीले भने त्यसको पुष्टि नगरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सो कारबाहीका क्रममा दर्जनौ विद्रोहीको समेत ज्यान गएको र कम्तीमा ३० सुरक्षाकर्र्मीको मृत्यु भएको बताइएको छ । काबुलमा वाजीरले ५ सय लडाकुको नेतृत्व लिइरहेका थिए । उनकै नेतृत्वमा विद्रोहीले राजधानी काबुलका विभिन्न सरकारी भवनहरुमा आक्रमण गर्दै आएको थियो ।