Live Streaming

​छतबाट खसेर चिकित्सकको मुत्यु

पोखरा,२० असार । पोखराको मणिपाल शिक्षण अस्पतालको छतबाट खसेर एक चिकित्सकको मुत्यु भएको छ । एमबिबिएस पढाइ सकेर इन्टरसीप गरिरहेका अनिमेस ठाकुरको मुत्यु भएको प्रहरीले जनाएको हो ।

मणिपालमै अध्ययनरत प्रेमिकासँग दुई दिनअघि मनमुटाव भएको र गएराति प्रेमिकाको डेरामा गएका ठाकुरको रेलिङमा झुन्डिँदा खसेर मुत्यु भएको जिल्ला प्रहरी प्रमुख हरि पालले जानकारी दिनुभयो । झुन्डिएका उनलाई बचाउन खोजे पनि नसकिएको हुन सक्ने पालको भनाइ छ । अनिमेससँगै इन्टनसिप गरिरहेका सहकर्मी चिकित्सकहरुले भने धकेलेर उनको हत्या गरिएको आरोप लगाएका छन् ।