एयरबसको आजबाट उडान सुरु

काठमाडौं,२० असार । तीन सातादेखि थन्किएको नेपाल वायुसेवा निगमको एयरबसले आजबाट उडान सुरु गरेको छ । नाइन ए एके एक्स कल साइनको बैशाखमा ल्याइएको लुम्बिनी जहाज पांग्रामा ढुंगा ठोक्किएर दाग लागेपछि ग्राउण्डेड भएको थियो ।
हिजो मर्मत भएपछि एकसय ५८ सिट क्षमताको जहाज आज बिहान ४० जना यात्रु बोकेर काठमाडौंबाट दिल्ली उडेको छ । दिल्ली र बैंकक उडान भरेर आएको जहाजको पांग्रामा ढुंगा ठोक्किएपछि निगमले एयरबसलाई ग्राउण्डेड गरेको थियो । लुम्बिनी जहाज करिब ४ अर्ब ८५ करोड रुपैयाँमा किनेर गत वैशाख १८ गते जर्मनीको ह्यामबर्ग हुँदै ल्याइएको थियो ।