नेपाल भ्रमणको प्रतिवन्ध फुकुवा

काठमाडौं,२० असार । अमेरिका, बेलायत र न्युजिल्याण्डले आफ्ना नागरिकलाई यसअघि नेपाल भ्रमणमा लगाएको बन्देज खुकुलो पारेका छन् । बैशाख १२ को भुकम्प र त्यसपछि निरन्तर आएका परकम्पहरुलाई कारण देखाउँदै यसअघि यी लगायत अन्य देशहरुले आफ्ना नागरिकलाई नेपाल भ्रमणमा नजान अनुरोध गरेका थिए ।
पर्यटन बोर्डका अनुसार अब अरु देशले पनि आफ्ना नागरिकलाई नेपाल भ्रमणमा लगाएको बन्देज खुला गर्ने विश्वास गरिएको छ । यसअघि यी देशहरुले आपतकालिन अवस्थामा बाहेक नेपाल भ्रमणमा नजान आग्रह गर्दै ट्राभल एडभाइजरी नै जारी गरेका थिए ।
अमेरिकाले् गत विहीवार , बेलायतले गत शुक्रबार र न्युजिल्याण्डले भने गत जुन ३० मा नै ट्राभल एडभाइजरीमा संसोधन गरेर भ्रमणका लागि नेपाल सुरक्षित भएको शन्देश दिएका हुन् । यस्ता बन्देजहरु हट्दै जाँदा सुस्ताएको नेपालको पर्यटनमा सुधार आउने अपेक्षा गरिएको छ ।