सिन्धुपाल्चोकलाई केन्द्र बनाएर पराकम्प
काटमाठौं,२० असार । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर गएराती भूकम्पको पराकम्प गएको छ । राति १ बजेर २७ मिनेट जाँदा सिन्धुपाल्चोकको बाह्रबीसे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्नेच्युटको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि शुक्रबार राति १ बजेर ४९ मिनेट जाँदा धादिङ केन्द्रबिन्दु भएर ४ दशमलव ६ म्याग्नेच्युटकोे पराकम्प गएको थियो ।