ग्रीसमा जनमत संग्रह हुँंदै
आजको जनमतसंग्रहको नतिजापछि ग्रिसको युरोजोनमा रहने वा नरहने भन्ने विषयमा पनि छिनोफानो गर्नेछ । तर सरकार तथा सत्तारुढ दलहरुले भने प्याकेजको बिपक्षमा मतदान गर्न जनतालाई आग्रह गरेका छन् ।
ऋणसंकटले आर्थिक अवस्था तहसनहस भएपछि अन्तराष्ट्रिय मुद्राकोषको करिब १ दशमलव ८ बिलियन अमेरिकी डलर तिर्न नसकेपछि ग्रिसले अन्तराष्ट्रिय समुदायमा सहयोगका लागि आग्रह गरेको थियो । युरोजनका अर्थमन्त्रीहरुको बैठकमा पनि ठोस निश्कर्ष ननिस्किए पछि ग्रिसमा आज जनमत संग्रहको आयोजना गरिएको हो ।