Live Streaming

जंगली च्याउ खाँदा दाङमा ५० जना बिरामी

दाङ,२० असार । जंगली च्याउ खाएर दाङ मानपुर – ३ का करिब ५० बिरामी भएका छन् । शनिबार दिउँसो कालाखोला जंगलमा पात टिप्न गएका उनीहरुले जंगली च्याउ घरमा ल्याई पकाएर खाएपछि बिरामी परेको स्थानीय विराज चौधरीलाई उद्धृत गर्दै हाम्रा सहकर्मीले जनाएका छन् ।

 चौधरीले आफनो परिवारले जंगलबाट ल्याएको च्याउ पानीमा उमालेर मात्रै खाएकोले आफनो परिवारका सदस्य कम बिरामी परेको जानकारी पनि दिनुभयो  । यसैबीच गम्भीरु  बिरामी २० जनाको भने कोहलपुर शिक्षण अस्पताल र अन्यको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ । सबै बिरामीहरुको स्वास्थ्य अवस्था सुधार आएको अस्पतालले जनाएको छ ।