Live Streaming

​सम्पूर्ण प्रस्ताव मान्न ग्रिस तयार

ग्रिसका प्रधानमन्त्री अलेक्सिस सिप्रासले देशको ऋणसंकट समाधानका लागि अन्र्तराष्ट्रिय समुदायहरुले राख्ने सम्पूर्ण प्रस्ताव मान्न आफ्नो राष्ट्र तयार रहेको बताउनुभएको छ । उहाँंले देशको ऋणसंकट समाधानका लागि नयाँ बाटोको खोजी समेत सुरु भएको बताउनुभएको छ ।

ऋणदाताहरुलाई पत्र लेख्दै प्रधानमन्त्री सिप्रासले अन्तराष्ट्रिय मुद्राकोषको ऋण तिर्नका लागि ग्रिस सरकार प्रयासरत रहेको समेत बताएका छन् । यसैबीच प्रधानमन्त्री सिप्रासले ऋणदाताहरुको प्रस्ताब मान्न तयार रहेको बताएसँंंगै युरोजनका कर्जादाताहरु केही लचिलो बनेका छन् ।