गौरी गाईको आक्रमणका घाइतेको मृत्यु
धरान,१७ असार । गौरी गाईको आक्रमणबाट गम्भीर घाइते भई उपचारारत झापा बिर्तामोडका केरकेरु राजवंशीको उपचारकै क्रममा गएराति मृत्यु भएको छ । गत जेठ ३२ गते आफ्नै घरमा नुहाई रहेका समयमा गौरीगाईले उनलाई आक्रमण गरी गम्भीर घाइते बनाएको थियो ।
राजवंशीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । गौरीगाईले आक्रमण गर्दा बिर्तामोड–९ स्थित सैनिकमोडका ५ जनालाई घाइते बनाएको थियो । घाइते मध्ये १८ बर्षिय गुलु सतारको यसअघि नै उपचारकै क्रममा बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा मृत्यु भएको थियो ।
गम्भीर घाइते भएका सोही ठाउँका ७० वर्षीया ललिता राजवंशी, उनकी छोरी ४० वर्षीया पूर्णिमा राजवंशीलगायतको बिर्तामोडमा उपचार भइरहेको छ ।