Live Streaming

​पाँच म्याग्निच्युडको भूकम्पको पराकम्प

काठमाडौं,१७ असार । सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर पाँच म्याग्निच्युडको भूकम्पको पराकम्प गएको छ ।  थाङपालधाप आसपास केन्द्र भएर विहान सात बजेर ४१ मिनेटमा ५ म्याग्निच्युडको धक्का महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

यसअघि बिहान पाँच बजेर २६ मिनेट जाँदा काभ्रेको उग्रचण्डी नाला नजिकै केन्द्रबिन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको पराकम्प गएको थियो । यस्तै  हिजो तीन ओटा पराकम्प महशुस गरिएको थियो ।