नेपाल फराकिलो अन्तरमा पराजित
काठमाडौं, १७ असार ।
ब्याटिङ्ग लाईनअप नचलेपछि नेदरल्याण्डस बिरुद्धको दोश्रो Twenty\20 क्रिकेटमा नेपाल १ सय ३ रनले पराजित भएको छ । योसँगै ४ म्याचको सिरिजमा नेपाल २–० ले पछि परेको छ । १ सय ७३ रनको उच्च लक्ष्य पछ्याएको नेपाल १७ ओभर ४ वलमा ६९ रनमै सीमित भयो । राजेश पुलामी मगर र प्रदीप ऐरी गोल्डेन डक आउट भएको खेलमा शरद भेषावकरले १८, सोमपाल कामीले १४ र ज्ञाजेन्द्र मल्ले १२ रन जोडे । अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
यसअघि टस हारेर ब्याटिङ्ग गरेको नेदरल्याण्डस्ले निर्धारित ओभरमा ४ विकेट गुमाई १ सय ७२ रनको उच्च योगफल तयार पारेको थियो । माईकल वार्ट र बेन कोपरले दोस्रो विकेटका लागि १ सय ३१ रनको साझेदारी गरेपछि नेदरल्याण्डस् उच्च योगफल बनाउन सफल भयो । वार्ट ७६ रनमा नटआउट रहे भने कोपरले ६६ रनको योगदान गरे । सोमपाल कामीले आफ्नो स्पेलमा २ विकेट लिदै २४ रनमात्र खर्चेपनि करण केसी, अभिनाश कर्ण, पारख खड्का र बसन्त रेग्मीले बढी रन दिएपछि नेदरल्याण्डस् उच्च योगफल बनाउन सफल भयो ।
सिरिज अन्तरगतको तेस्रो म्याच आज हुनेछ ।