Live Streaming

​खड्कदल गणको सैनिकलाई राहात

श्रीराम केसी 
काभ्रे,१६ असार। ।भुकम्पबाट प्रभावित  भएका नेपाली सेनाका भुपु तथा बाहालवाला कर्मचारीहरुलाई राहात रकम वितरण गरिएको छ । काभ्रे स्थायी घर भएकालाई धुलिखेलस्थित खड्गदल गणबाट ५० हजार राहत स्वरुप बितरण गरिएको हो । 

नेपाली सेना कल्याणकारी बोर्ड र नेपाल इन्भेष्टमेण्ट बैङकको सहकार्यमा लघु व्यवसाय सञ्चालन गर्न भुपु सैनिक तथा एकल महिला १० जानको लागि प्रधानपति गौरव शम्शेर जबराले १ लाख बराबरको ऋण चेक हस्तान्तरण गरे । काभ्रे १ हजार ९ सय २० भूपू सैनिक र निवृतीभरणमा २ सय ७० परिवार छन् ।

भूपू सैनिक परिबारले विपतको समयमा सहयोग गरेको नेपाली सेनालाई आभार प्रकट गरे । भुपू सैनिकका गुनासो सुन्दै प्रधानसेनापति जबराले नआत्तिन आग्रह गरेका थिए ।