५ प्रतिशत आरक्षणको व्यवस्था हुनुपर्नेमा अपांग संघको माग
काठमाडौं,१६ असार । भावी संविधानमा अपाङ्गहरुको लागि ५ प्रतिशत आरक्षणको व्यवस्था सुरक्षीत गर्न राष्ट्रिय अपाङ्ग महासंघले माग गरेको छ । आज प्रधानमन्त्री सुशील कोईरालालाई महासंघका अध्यक्ष सुदर्शन सुवेदीको नेतृत्वमा गएको टोलीले ५ प्रतिशत आरक्षणको माग गर्दे ज्ञपन पत्र बुझाएको छ ।
महासंघले समानुपातिक सीटको लागि छुट्टयाइएको ४० प्रतिशतमा अपाङ्गता भएका नागरिकहरुलाई जनसंख्याको अनुपातको आधारमा प्रतिनिधिसभा,राष्ट्रिय सभा र प्रान्तिय सभामा ५ प्रतिशत आरक्षण गर्नुपर्ने माग गरेको हो । त्यस्तै महासंघले समानुपातिक प्रणालीका १ सय १० सीटमा उमेदवारी दिदा अपाङ्गताभएका व्यक्तिहरुलाई पनि समेट्न संविधानमा किटानी व्यवस्था गर्नुपर्ने माग गरेको छ ।