दार्जिलिङमा पहिरोमा परी २१ जनाको मृत्यु
एजेन्सी,१६ असार । गत राती भारतको दार्जि्लिंगमा पहिरो जाँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ । भारी वर्षाका कारण पहिरो गएको पिटिआईले जनाएको छ । दार्जिलिङको दार्जिलिङ, कालिङपोङ तथा कुर्सियाङ क्षेत्रमा पहिरोको प्रकोपका कारण जनजीवन असामान्य बनेको छ ।
पहिरोका कारण त्यहाँको राष्ट्रिय राजमार्गको १० नम्बरको सडक समेत भत्किएको छ । सडक भत्किएपछि सिक्किम र दाजिलिङ खण्डको सडक सम्पर्क तथा टेलिफोन सम्पर्क समेत विच्छेद भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रभावित क्षेत्रमा उद्धार कार्य रहे पनि भारी वर्षा परिरहेकाले उद्धारमा समेत कठिनाई उत्पन्न भइरहेको छ ।