पराजुलीमाथि कारबााहीको माग
काठमाडौं,१६ असार । सभासदहरुले सार्वजनिक ठाउँमा महिलामाथि दुव्र्यवहार गरेको भन्दै कृषिमन्त्री हरिप्रसाद पराजुलीलाई कारबाही गर्न माग गरेका छन् । व्यवस्थापिका संसदको आजको बैठक सुरु हुने वित्तिकै समय मागेर सभासदहरुले मन्त्रीले महिलामााथि अत्यन्तै अभद्र र अमर्यादित व्यवहार गरेकाले उहाँलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।
मंगलबार काठमाडौंको मूलपानीमा आयोजित रोपाइँ कार्यक्रममा स्थानीय महिलामाथि मन्त्री पराजुलीले अभद्र व्यवहार गरेको र त्यस्ता मन्त्रीलाई सार्वजनिक पदमा राखिराख्न नहुने धारणा सभासदहरुको छ ।
बैठकमा एमाओवादी सभासद जनार्दन शर्माले मन्त्री पराजुलीले नेपाली संस्कृतिको समेत ख्याल नगरी सार्वजनिकस्थानमै महिलामाथी अभद्र ब्यवहार गर्ने मन्त्री हटाउन माग गर्नुभयो । उहाँले मन्त्रीको व्यवहार नेपालीकै शीर निहुराउने किसिमको भएको टिप्पणी गर्नुभयो । नेपाल मजदुर किसान पार्टीकी सभासद् अनुराधा पौडेलले पनि मन्त्री पराजुलीको गतिविधि नेपाली समाजका लागि अपाच्य रहेको भन्दै उहाँलाई तत्काल हटाउन माग गर्नुभयो ।