फेडेरर, मुरे र नाडालको विजयी सुरुवात
असार १६, एजेन्सी ।
रोजर फेडेरर, एण्डी मुरे र राफेल नाडालले बर्षको तेस्रो ग्राण्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डनमा विजयी सुरुवात गरेका छन् । बोस्निया एण्ड हर्जगोभिनाका दमिर जुमुरलाई ६–१, ६–३ र ६–३ ले पराजित गर्दै दोस्रो बरियाताका स्विस फेडेरर दोस्रो चरणमा प्रवेश गरेका हुृन् । अर्को खेलमा तेस्रो बरियातका बेतायती मुरेले काजकिस्तानका मिखाएल कुकुस्किनलाई ६–४, ७–६ र ६–४ ले पाखा लगाए । पछिल्लो समय खराव फर्मबाट गुज्रिरहेका दशौं बरियाताका स्पेनी नाडालले भने ब्राजिलका थोमाज बेलुसीमाथि ६–४, ६–२ र ६–४ को सहज जित दर्ता गरे ।
पुरुष एकल तर्फ नै गएराती भएका अन्य खेलमा चेकरिपब्लिकका थोमस बर्डिज, फ्रान्सका गिलेस सिमोन, जो वेलफ्रेड सोङ्गा र गेल मोन्फिल्स, स्पेनका फिलिसियानो लोपेज, ईटलीका एण्ड्रियास सेप्पी तथा क्रोएसियाका ईभो कार्लोभिक पनि आ–आफ्नो खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् ।
महिला एकल तर्फ गएराती भएको खेलमा तेस्रो बरियातकी रोमामानियाकी सिमोना हेलेप भने स्लोभाकियाकी जाना सेपेलोभासँग ७–५, ४–६ र ३–६ ले पराजित हुँदै पहिलो चरणबाटै बाहिरिएकी छन् । यस्तै क्यानाडाकी एङगेलिक बाउचर्ड पनि चीनकी यीङ–यीङ दुवानसँग ६–७ र ४–६ ले पराजित हुदै पहिलो चरणबाटै घर फर्किईन् ।
दोस्रो बरियाताकी चेकरिपब्लिकन पेट्रा भिटोभाले भने नेदरल्याण्डस्की किकी बरटेन्समाथि ६–१ र ६–० को सहज जित निकालिन् । महिला एकल तर्फ डेनमार्ककी क्यारोलिन वाज्नेस्की, जर्मनी एङगेलिक केरबर, रुसकी एकातेरिना माकारोभा र स्वेत्लाना कुज्नेत्सोभा, पोल्याण्डकी एग्नीएस्का राडवान्स्का, बेलायतकी हेथर वाट्सन पनि आ–आफ्नो खेल जित्दै अघिल्लो चरणमा प्रवेश गरेका छन् ।