Live Streaming

​बालिका बलात्कार गर्नेलाई १० वर्ष कैद

मनिका झा 
जनकपुरधाम, असार १५ गते । आफ्नो ९ वर्षिय छात्रालाई जवरजस्ती करणी गरेको मुद्दामा दोषी ठहर गर्दै धनुषा जिल्ला अदालतले एक युवकलाई १० वर्ष कैदको फैसला गरेको छ । धनुषा जिल्ला अदालतको १ नम्बर बेन्चका न्यायाधिश कृष्ण बहादुर थापाले बालिका बलात्कार गरेका २२ वर्षिय दिपेन्द्र तिवारीलाई १० वर्ष कैद र पीडित बालिकालाई तीन लाख रुपैया क्षतिपूर्तीको लागि उपलब्ध गराउन फैसला सुनाएको हो ।

जनकपुर उपमहानगरपालिका रामानन्द चोकमा स्थित आफ्नै घरमा डेरा लिएर बस्दै आएकी ९ वर्षिय बालिकालाई दुई गत वैशाख ८ गते तिवारीले जवरजस्ती करणी गरेका थिए । तिवारीसंग सधैं ट्युशन पढ्ने गरेकी बालिकालाई उनले घरमा कोही नभएको मौका छोपी जवरजस्ती करणी गरेका थिए ।

घटनापछि अचेत अवस्थामा भेटिएकी बालिकालाई जनकपुर अंचल अस्पतालमा उपचार गराईएको थियो । बलात्कार पछि मानसीक रुपमा कमजोर भई छिन् छिनमै डराउने र कसैसंग कुरा समेत गर्न नमान्ने जस्ता समस्याहरु बालिकामा देखाइएको उनको परिवारजनले  बताएका छन् ।