Live Streaming

धान दिवसका अवसरमा किसानलाई सम्मान

काठमाडौं,१५ असार । सरकारले कृषि क्षेत्रमा उल्लेखनीय योगदान पुरयाएको भन्दै राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट ५ जना किसानलाई सम्मान गरेको छ । राष्ट्रिय धान दिवसको अवसरमा मुलुकभरका ५ जना किसानलाई आज सम्मान गरिएको हो ।

नेपाल कृषि अनुसन्धान परिषद(नार्क)मा  गरिएको कार्यक्रममा कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले पाँंचजना किसानलाई सम्मान गर्नुभएको छ  ।  सम्मानित हुनेमा कैलालीमा केरा व्यवसाय गर्दै आएका पश्चिमाञ्चलका कालु हमाललाई नगद रु दुई लाख राशि सहित  सर्वोत्कृष्ट राष्ट्रपति कृषक पुरस्कार प्रदान गरेको छ ।

भने पूर्वाञ्चलको धनकुटटाका अलैँची व्यवसायी चन्द्रलाल तामाङ, पश्चिमाञ्चल कास्कीका किसान छयामबहादुर थापा, मध्यपश्चिमाञ्चल बर्दियाका मत्स्यपालक कृषक छायादत्त भुसाल र मध्यमाञ्चल चितवनका पुष्प व्यवसायी प्रकाश पन्तलाई पनि सरकारले उत्कृष्ट किसान भनेर सम्मान गरेको छ । कृषि र किसानलाई कृषी व्यवसायमा प्रोहोत्सान स्वरुप यस बर्षदेखि यो पुरस्कार प्रदान गर्ने  निर्णय गरेको हो ।