दुई कर्मचारी प्रक्राउ
पोखरा,१५ असार । सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गण्डकी यातायात कार्यालय पोखराका दुई कर्मचारीमाथि अनुसन्धान थालेको छ । क्षेत्रिय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात कार्यालयका लेखा–अधिकृत गोविन्दप्रसाद बराल र लेखापाल हरि शर्मा अधिकारीलाई पक्रेर अनुसन्धान सुरु गरेको हो ।
उनीहरुले गाडीको विलबुक बनाउन भन्दै नयाँबजारस्थित त्रिशक्ति मोटर पार्टस्का संचालक टेकबहादुर बरुवालसँग घुस मागेको अख्तियारले जनाएको छ । उनीहरुको साथबाट सेवाग्रहीले दिएको १० हजार रुपैयाँ पनि बरामद भएको छ ।