Live Streaming

​काभ्रेपलाञ्चोक जिल्लालाई केन्द्रविन्दु बनाएर पराकम्प

काठमाडौं,१५ असार । काभ्रेपलाञ्चोक जिल्लालाई केन्द्रबिन्दु बनाएर आज बिहानै भूकम्पको धक्का महशुस भएको छ । बिहान तीन बजेर ३१ मिनेट जाँदा काभ्रेको कात्तिके देउरालीलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ४ म्याग्निच्युडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  

यसअघि गए राति सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर दुई वटा पराकम्प गएका थिए । राति ११ बजेर २७ मिनेट जाँदा ४ दशमलव १ तथा ११ बजेर ३४ मिनेट जाँदा ४ म्याग्निच्युडकोे पराकम्प गएको केन्द्रले जनाएको छ । त्यस अघि हिजो बिहान ५ बजेर ४२ मिनेटमा रामेछाप केन्द्र भएर ५ म्याग्निच्युडको धक्का महशुस भएको थियो ।