सिन्धुपाल्चोकमा पहिरोमा परी ६ जना घाइते
सिन्धुपाल्चोक,१५ असार । सिन्धुपाल्चोकको उत्तरी क्षेत्रमा पर्ने हगाम गाविस याङलाकोटमा आज बिहान गएको पहिरोले पुरिँदा ६ जना घाइते भएका छन । घाइते मध्ये तीन जनाको अबस्था गम्भीर छ । घाइते हुनेहरुमा याङलाकोटका बुद्धसिंह तामाङ, माया तामाङ, भिमबहादुर तामाङ, सन्देश तामाङ, साइली तामाङ र सन्तबहादुर तामाङ रहेका छन ।
बिहान ३ बजेबाट पहिरो खसेपछि त्यहाँका १५ ओटा भुकम्पपछि निर्माण गरिएका अस्थायी टहरा र केही पशुचौपाय पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायव उपरिक्षक बिश्व अधिकारीले जानकारी दिनुभयो । घटनास्थलमा नेपाली सेना सशस्त्र प्रहरीले उद्धारको काम जारी राखेको छ ।
पहिरो खस्ने क्रम जारी रहेकोले स्थानीयलाई सुरक्षित स्थानमा सार्न लागिएको डिएसपी अधिकारीले जानकारी दिनुभयो । बैशाख १२ गतेको बिनासकारी भूकम्प र त्यसपछिका निरन्तरको पराकम्पका कारण धाजा फाटेको सिन्धुपाल्चोकको उत्तरी भेगका हगाम, बराम्ची, गुम्वा, पाङताङ, गोल्चेलगायत गाविस पहिरोको जोखिमा रहेका भूगर्भविदहरुले बताएका छन् ।