असार पन्ध्रमा गुल्मीमा धान रोपाई महोत्सव
जनार्दन घिमिरे
गुल्मी १५ असार । आज असार पन्ध्र । गुल्मी जिल्लामा असार पन्ध्रलाई यहाँका किसानले उत्सवको दिनको रुपमा लिने गर्दछन् । असार पन्धबाट यहाँका किसानहरुले धान रोपाई सरु गर्ने प्रचलन रहेको छ । विगत वर्षहरुमा जस्तै यस पटकको असार पन्ध्रमा गुल्मी जिल्लामा पनि धान रोपाई महोत्सव मनाउन थालेका छन् ।
जिल्ला कृषि विकास कार्यालयले यस पटकको रोपाई महोत्स आज गुल्मीको हस्तिचौर गाविस ३ स्थीत गुरुवा फाँटमा मनाउन थालेको छ । स्थानीय भूदेव कुषि सहकारी संस्थाको संयोजनमा पञ्चे वाजागाजाका साथ उक्त धान रोपाई महोत्सव गर्न लागिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत चेतनाथ अधिकारीले बताए ।
महोत्सवको लागि जिल्ला स्तरवाट सरकारी कार्यालयका प्रमुख, राजनैतीक दलहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि र विभिन्न आमा समूहहरु धान रोपाई महोत्सवमा सहभागि भएका छन् । असार पन्ध्रमा दही च्यूरा र चामलको पिठो खाने प्रचलन गुल्मी जिल्लामा पनि रहेको छ ।