नेपाली टोली नेदरल्याण्डसँंग भीड्दै
एजेन्सी,१५ असार । ट्वान्टी ट्वान्टी विश्वकप क्रिकेटको अभ्यासमा व्यस्त नेपाली राष्ट्रिय टोलीले आजबाट नेदरल्याण्डसंँग चार टि ट्वान्टी श्रृंखला खेल्दैछ । आगामी १० जुलाइमा आयरल्याण्डमा हुने छनौट अघि नेपालले नेदरल्याण्डसँंंग उसको घरेलु मैदानमा सो श्रृंखला खेल्न लागेको हो ।
पहिलो श्रृंखलाअन्र्तगत नेपालले आज नेपाली समयअनुसार राती पौने ९ बजे प्रतिस्पर्धा गर्नेछ । आईसिसिको टि ट्वान्टी बरियतामा पर्न महत्वपूर्ण मानिएको सो खेलमा जितको लक्ष्यसहित मैदानमा उत्रने नेपाली टोलीका कप्तान पारस खड्काले बताएका छन् । नेदरल्याण्ड विरुद्धको श्रृंखलमा २ खेल जिते नेपाल बरियतामा नामिवियाभन्दा अगाडि आउने छ भने चारै खेल जिते टि ट्वान्टीट बरियतामा नेपाल बंगलादेशभन्दा माथि आउनेछ ।
यसअघि गएराती भएको चौथो अभ्यास खेलमा भने नेपाल ६ विकेटले विजयी भएको थियो । चौथो अभ्यासमा टस जितेर पहिले ब्याटिङ गरेको बाथ क्रिकेट क्लबले निर्धारित २० ओभर पुरै खेल्दै ८ विकेटको क्षतिमा १ सय ५६ रनको सम्मानजनक योगफल तयार पारेको पथर्यो । १ सय ५७ रनको च्नौती पच्छ्याएको नेपालले सो लक्ष्य १७ दशमलब २ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको थियो । ईङल्याण्डमा ४ वटा अभ्यास खेलमा नेपालले २ मा जित र २ मा हार ब्यहोर्दै नेदरल्याण्ड पुगेको हो ।