Live Streaming

विष्फोट र आक्रमणमा परी २२ जनाको मृत्यु

एजेन्सी,१५ असार । अफ्रिकी मुलुक चाडमा भएको बिष्फोटमा हुँंदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । हतियार तथा बिष्फोटक पदार्थ नियन्त्रणका लागि प्रहरी अनुसन्धानमा रहेको बेला सो बिष्फोट भएको थियो । मृत्यु हुनेहरुमा ५ प्रहरी र ६ चरमपन्थी रहेको अधिकारीहरुले जनाएका छन् । स्थानिय प्रशासनका अनुसार प्रहरी नियन्त्रणमा रहेका चरमपन्थीहरुले प्रहरी समक्ष आत्मसमर्पण गर्न अस्विकार गरे लगत्तै सो बिष्फोट गराएका थिए । 

यसैबीच  अफगानिस्तामा तालेबान बिद्रोहिले गरेको आक्रमणमा कम्तीमा ११ सैनिकको मृत्यु भएको छ । पश्चिमि हेरात प्रान्तमा भएको सो आक्रमणमा अन्य केही सैनिक घाइते भएको सुरक्षा अधिकारीहरुलाई उदृत गर्दै बीबीसीले जनाएको छ । तालेबानले सेनाको हतियार आफ्नो कब्जामा लिई उनीहरु माथि अन्धाधुन्ध गोली चलाएका थिए । सो क्षेत्रमा आफ्नो प्रभाब बढाउदै लगेको तालेबान विद्रोहिले केही दिनयता सुरक्षाफौज लक्षित आक्रमणलाई तिब्र पारेको छ ।