Live Streaming

​बाबुरामले गरे सय पटक रक्तदान

रत्नप्रसाद आचार्य 
इटहरी,१४ असार. इटहरीका समाजसेवी बाबुराम प्रधानले एक सय पटक रक्तदान गरी उदाहरणीय काम गरेका छन् । पूर्वाञ्चलमा सय पटक रक्तदान गर्ने उनी पहिलो व्यक्ति बनेका छन् । वर्षमा चारपटक रक्तदान गर्दै आएका ४४ वर्षीय बाबुरामले पहिलो पटक २०४५ सालको भदौमा भुकम्प पीडितहरुलाई रक्तदान गरेका थिए । सोमबार इटहरी जेसिजले इटहरीमा आयोजना गरेको रक्तदान कार्यक्रममा बाबुरामले एक सय पटक रक्तदान गरेका हुन् ।

बाबुरामसंगै एक सय १४ जनाले रक्तदान गरेका थिए । बाबुरामले सय पटक रक्तदान गरेपछि उनीसँंंग फोटो खिचाउनेहरुको कार्यक्रम स्थलमा भीड लागेको थियो । इटहरीमा सानैदेखि व्यवसाय गर्दै आएका बाबुरामले सय पटक रक्तदान गरेपछि खुसि व्यक्त गर्दै भने कतिपय साथीहरु रक्तदान गर्दा दुब्लाइन्छ भन्छन् । सय पटक रक्तदान गर्दा समेत मेरो तौल  ९५ केजी छ  बाबुरामले भने रक्तदान जिवन दान हो त्यसैले आफु सकुन्जेल सम्म वर्षमा ४ पटक रक्तदान गर्नेछु ।

उनले रक्तदान गर्दा मृत्युको मुखमा पुगेकाहरुको ज्यान बच्ने भएकाले सबैलाई रक्तदान गरी समाज सेवामा लाग्न समेत अनुरोध गरेका छन् । धरान ब्लड बैंकका संयोजक सुबासचन्द्र सिंहले बाबुराम सय पटक रक्तदान गर्ने पूर्वकै पहिलो व्यक्ति भएको बताए