स्थानीय निकायको निर्वाचन रोक्न विकास समितिको निर्देशन
काठमाडौं,१४ असार । संसदको विकास समितिले स्थानीय निकायको निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले स्थानीय निकायको निर्वाचनका लागि आवश्यक सबै प्रक्रिया छिटो भन्दा छिटो मिलाउन स्थानीय विकास मन्त्रालयलाई भनेको हो ।
समितिले विचाराधिन रहेको स्थानीय स्वायत्तशासन ऐन, २०५५ को माथि छलफल गरी छिट्टै निष्कर्षमा पु¥याउने निर्णय समेत गरेको छ । बैठकमा उपप्रधानमन्त्री समेत रहेका स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय निकायको चुनावका लागि राजनीतिक सहमति पहिलो आवश्यकता रहेको बताउनुभयो । बैठकमा गृहमन्त्री गौतमले पनि स्थानीय निकायको चुनावमा राजनीतिक सहमति आवश्यक रहेको बताउनुभयो ।