Live Streaming

यार्सा टिपेर फर्किरहेका चार जना सेतीमा वेपत्ता

शिवराज भट्ट

धनगढी १४ असार : बझाङको काडा गाविसमा पर्ने हिमालबाट यार्सागुम्बा टिपेर घर फर्किरहेका बझाङकै कैलाश गाविसका चारजना सेती नदीमा डुबेर वेपत्ता भएका छन । क्षेत्रीय प्रहरी कार्यालय दिपायलले दिएको जानकारी अनुसार आईतबार दिनभरी यार्सा टिपेर साँझ कैलाश गाविसमा रहेका आ आफ्नो घर फर्किरहेका बझाङको कैलाश गाविस १ का २५ वर्षको महेश सिह, वडा नं ४ का २८ वर्षका सुवन सिह, वडा नंं ६ का ४० वर्षका डम्बर बहादुर सिह र वडा नंं १ का ४० वर्षका सुन्ते शाही सेती नदीको साँघु तर्ने क्रममा काँडा गाविसको वडा नंं ७ मा रहेको श्यामबन र चाल्ना बनको बीचको सेती नदीमा डुबेर बेपत्ता भएका हुन ।
सेतीमा पानीको सतह धेरै भएको र साँझका बेला तर्नेक्रममा चारै जनालाई नदीले बगाएको भनेर सोमबार विहान ८ बजे मात्रै प्रहरीलाई खबर गरिएको सुदूरपश्चिम क्षेत्रका डिआईजी रामप्रसाद खनालले जानकारी दिए । धुली प्रहरी चौकीमा चार जना बेपत्ता भएको खबर पाएपछि त्यहाँबाट प्रहरी घटनास्थलतिर पठाई सकिएको डिआईजी खनालले जानकारी दिएका छन । काडा गाविस जिल्ला सदरमुकाम देखि तीन दिनको पैदल दुरीमा पर्छ भने । काँडा गाविसमा रहेको धुली प्रहरी चौकीबाट पनि घटनास्थल पुग्न १२ घण्टा पैदल लाग्छ ।