ट्राफिक प्रहरीका अभियानै अभियान
किशोर बुढाथोकी
बिराटनगर,१४ असार । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न र सवारी साधनमा यात्रुलाई यात्रा गर्ने सहज वातावरण बनाउनका लागि ट्राफिक प्रहरीले मोरङमा एकै पटक चारवटा अभियान संचालन गरेको छ । एकै पटक सुरु गरिएको अभियान सफल बनाउन भिन्दा भिन्दै टोली तयार गरेर परिचालन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
आफ्नो अभियानमा ट्राफिक प्रहरीले ध्वनी प्रदुषण नियन्त्रणलाई पनि समेटेको छ । दैनिक जसो सवारी दुर्घटना बढेपछि त्यसको कारक पत्ता लगाउँदै ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि अभियान संचालन गरेको हो । ट्राफिक प्रहरीले मोरङमा संचालनमा रहेका ट्याक्टरका डालामा बत्ती जडान गर्ने, ठूला सवारी साधनका प्रेशर हर्न निकाल्ने, फोटो प्रदर्शनी गर्ने र आरक्षण सिटको व्यवस्था गर्ने अभियान संचालन गरेको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक विजय श्रेष्ठले बताउनु भयो ।
प्रनि जेष्ठका अनुसार रातको समयमा ट्याक्टरको डालामा ठोक्किएर दुर्घटना बढ्न थालेपछि ट्याक्टरको डालामा बत्ति जडान गर्ने काम सुरु गरिएको छ । उहाँका अनुसार ट्याक्टरको पछाडि जडान गरिएको बत्तीका कारण रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग गर्छ । त्यस्तै सार्वजनिक सवारी साधनमा आरक्षण सिटको व्यवस्थानगरिएको गुनासो बढ्न थालेपछि मोरङ ट्राफिकले अनुगमन सुरु गरेको छ ।