स्वर्गीय मदन भण्डारीको आज ६४ औं जयन्ती
काठमाडौं,१४ असार । नेपाली बाम तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा मदन भण्डारीको ६४ औं जयन्ती एमालेले आज विभिन्न कार्यक्रमको आयोजना गरि मनाइदैछ । २०५० साल जेठ ३ गते दासढुंगामा जीप दुर्घटनामा परि निधन भएका भण्डारीको स्मरणमा एमालेले देशव्यापी रुपमा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।
मदन भण्डारी फाउण्डेसनले आज राजधानीमा एक विचार गोष्ठिको आयोजना गरेको छ । २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मिएका भण्डारी कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको सम्पर्कबाट कम्युनिष्ट आन्दोलनमा लाग्नुभएको थियो । भण्डारी तत्कालिन नेकपा मालेको केन्द्रीय सदस्य, पोलिटव्यूरो सदस्य हुँदै २०४४ सालदेखि पार्टीको महासचिव बन्नुभएको थियो ।
विश्वभर कम्युनिस्ट शासन पतन भइरहेका बेला नब्बेको दशकमा जनताको बहुदलीय जनवाद नामक प्रजातान्त्रिक बिचारको प्रतिपादन गरेर नेपालको कम्युनिष्ट आन्दोलनलाई प्रजातान्त्रिकरण गरेपछि मदन भण्डारी विश्वभर चर्चाको शिखरमा पुग्नुभएको थियो ।
डुब्न लागेको कम्युनिस्ट आन्दोलनलाई बहुदलीय प्रतिस्पर्धामा लगेर बचाउन सफल भएका जननेता भण्डारीलाई विश्व चर्चित न्युजवीक पत्रिकाले कार्ल माक्स्र नेपालमा जीवित छन् भनेर चर्चाको शिखरमा पु¥याएको थियो । २०४६ सालको जनआन्दोलनपछि खुल्लामन्चको भाषणबाट एकाएक चर्चामा आएका भण्डारी मूलतः भाषणकलाकै कारण जनताबीच लोकप्रिय बनुभएको थियो ।