अलैची उत्पादन बढ्ने
छेटु शेर्पा
संखुवासभा,१४ असार । सङ्खुवासभामा गत बर्षको तुलनामा यस वर्ष अलैची उत्पादन बढ्ने कृषकहरुले जनाएका छन् । समयमै पानी परेकाले फुलेको फुल राम्रो भएपछि अलैची उत्पादन बड्नेमा किसानहरु ढुक्क भएका हुन् । सङखुवासभाको उत्तरी क्षेत्र मकालु, चेपुवा, हटिया, पावाखोला, नुम, दिदिङ, मत्स्यपोखरी, जलजला र सभापोखरी क्षेत्रमा अलैचीको फुल राम्रो भएको हो ।
गत बर्ष ती क्षेत्रमा ६० प्रतिशतले अलैची उत्पादन घटेको थियो । नेपालकै मुख्य आयश्रोतको रुपमा मानिएको अलैची खेति गत बर्ष संखुवासभामा मात्र नभई खडेरीका कारण अन्य जिल्लाहरुमा समेत उत्पादन खस्किएको थियो । बढी अलैची उत्पादन हुने जिल्लाहरुमा इलाम, ताप्लेजुङ पछि पर्ने सङ्खुवासभामा बार्षिक करिव १४ हजार मेट्रिक टन सम्म उत्पादन हुने गर्दथ्यो ।
तर अघिल्लो बर्ष भने ७० पतिशतले कमी आएको अलैची व्यवसायी संघले जनाएको छ । संखुवासभामा १७ गाबिसमा मात्र अलैची उत्पादन हुने गर्छ । अलैची नेपाल सहित भारत र भुटानमा मात्र उत्पादन हुने गरेको छ ।