ग्रीसका बैंकहरु एक साताका लागि बन्द
एजेन्सी,१४ असार । ऋण संकटबाट गुज्रिरहेको ग्रीसका बैंकहरु एक साताका लागि बन्द हुने भएका छन् । ग्रीक प्रधानमन्त्री एलेक्सिस सीप्रासले बैंकहरु एक साताका लागि बन्द रहने बताउँंदै पुँजीमाथि सरकारले नियन्त्रण गर्ने जानकारी दिनुभएको बीबीसीले उल्लेख गरेको छ ।
युरोपेली केन्द्रीय बैंकले ग्रीकलाई प्रदान गरिंदै आएको आपतकालीन वित्तीय स्वरुपको ऋणको परिणाममा वृद्धि नगर्ने निर्णय गरेपछि सीप्रासले ग्रीसको निक्षेप सुरक्षित रहेको बताउनुभयो । ग्रीसले भोली सम्ममा अन्तराष्ट्रिय मुद्रा कोषलाई १ अर्ब ६० करोड युरो ऋण तिर्नुपर्नेछ । ऋण तिर्न नसके ग्रीस युरो मुद्रा प्रचलनमा रहेको युरोजोनबाट बाहिरिन सक्ने खतरा छ । छोटो समयका लागि सम्झौताको म्याद बढाउने ग्रीसको आग्रह अस्वीकार भएको छ ।