संविधानको मस्यौदा पारित
काठमाडौं,१४ असार । महत्वपूर्ण एजेण्डासहित संविधानसभाको बैठक आज बस्दैछ । अपरान्ह ३ बजेका लागि बोलाईएको बैठकमा संविधानको भावी मस्यौदा प्रस्तुत हुनेछ । गत जेठ २९ गते बसेको संविधानसभाको बैठकले १५ दिनभित्र भावी संविधानको पहिलो एकीकृत मस्यौदा तयार पारी बैठकमा बुझाउन मस्यौदा समितिलाई भनेको थियो ।
समितिले १ सय २१ पृष्ठको मस्यौदा हिजो पारित गरेको हो । २ सय ९६ धारा, ३७ भाग र ७ अनूसूचि रहेको मस्यौदा समिति सभापति कृष्ण सिटौलाले आजको बैठकमा प्रस्तुत गर्नुहुनेछ । संविधकानसभामा मस्यौदा टेवल भएपछि सभासद्लाई अध्ययनका लागि केही दिन उपलब्ध गराउने र त्यसपछि मस्यौदा माथि दफावार छलफल सुरु हुनेछ ।
दलहरुबीच प्रस्तावनामा बहुलवाद राख्ने नराख्ने, सर्वोच्च अदालत र संवैधानिक निकायमा पुनर्नियुक्ति लगायत विषयमा सहमति हुन सकेको छैन ।