Live Streaming

पोषण सप्ताह हुने

काठमाडौं,१३ असार । बैसाखमा आएका बिनासकारी भूकम्पबाछ अति प्रभावित १४ जिल्लामा पोषण सप्ताह सुरु भएको छ । आजदेखि सुरु पोषण सप्ताहमा हप्ताभर विभिन्न कार्यक्रम गर्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतका बाल स्वास्थ्य महाशाखाका निर्देशक कृष्ण पौडेलले  जानकारी दिनुभयो ।  स्वास्थ्य तथा जनसँख्या मन्त्रालय, संयुक्त राष्ट्रसंघीय बाल कोष युनिसेफ र पोषणका क्षेत्रमा कार्यरत विभिन्न गैरसरकारी संघ संस्थाको संयुक्त आयोजनामा हप्ताभर पोषण सम्बन्धी कार्यक्रम सुरु गरिएको हो ।

भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, गोरखा, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ, नुवाकोट, रसुवा, ओखलढुंगा, मकवानपुर, सिन्धुली, रामेछाप, काठमाडौं, ललितपुर र भक्तपुरमा पोषण सप्ताह सञ्चालन भएको हो । कार्यक्रममा गर्भवती, सुत्केरी र बालबालिकाको स्वास्थ्य तथा पोषण अवस्थाबारे जानकारी लिइने छ । भूकम्प अति प्रभावित १४ जिल्लाका बालबालिका तथा गर्भवती र सुत्केरी मaहिला कुपोषित हुन नदिने लक्ष्यका साथ सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको सुवेदीले बताउनुभयो ।

पोषण सप्ताहमा ६ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्ष मुनीका बालबालिकालाई जुकाको औषधी पनि खुवाईने कार्यक्रम छ । युनिसेफले पोषण सप्ताहपछि भूकम्प अति प्रभावित १४ जिल्लाका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाको पोषणस्तरमा सुधार आउने अपेक्षा गरिएको जनाएको छ ।