Live Streaming

​कसैको दबाबमा संविधान रोकिन्न : अध्यक्ष नेम्वाङ

काठमाडौं,१३ असार । संविधानसभा अध्यक्ष सुवास नेम्वाङले २०४७ सालको भन्दा अग्रगामी संविधान बन्ने बताउनु भएको छ । प्रेस चौतारी नेपालले बुझाएको ज्ञपनपत्र बुज्दै आज सभाअध्यक्ष नेम्वाङले कसैको दबाबमा संविधान निर्माण प्रक्रिया नरोकिने बताउनुभयो ।

संविधानका विवादति विषयमा दलहरुकाबीच छलफल जारी रहेकाले सबैको अधिकार सुनिश्चित हुने गरि संविधान निर्माण हुने नेम्वाङको भनाई छ । संविधानको मस्यौदा लेखन अन्तिम चरणमा पुगेको भन्दै सभाअध्यक्ष नेम्वाङले मस्यौदा समितिले आज बेलुका सम्म विवादीत विषयमा सहमति गरि एकीकृत मस्यौदा तयार पार्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाले भन्नुभयो ’मलाई सूचना आइसकेको छ । मस्यौदा समितिले पारित गरेर आजै संविधानको मस्यौदा म कहाँ आइपुग्छ। त्यसलाई भोलि संविधानसभामा प्रस्तुत गरिने छ ।’ आगामी संविधानको प्रस्थावनामा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गर्नु पर्ने भन्दै प्रेस चौतारी नेपालले सभाअध्यक्ष नेम्वाङलाई ज्ञपनपत्र बुझाएको हो । सभाअध्यक्ष नेम्वाङले आगामी संविधान स्वतन्त्र प्रेस मैत्री बन्ने आश्वासन दिनुभएको थियो ।