लागूपदार्थसहित दुई भारतीय पक्राउ
वीरगन्ज,१३ असार । प्रहरीले वीरगन्जबाट आज बिहान लागूपदार्थ गाजासहित दुईजना भारतीय नागरिकलाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारको आरा जिल्ला बिहिआ गाउँं निवासी
२५ वर्षीय अशोक कुमार यादव र बिहार पश्चिम चम्पारणको गोनाही गाँउ निवासी ४० वर्षिय आशा कुवँर साह रहेका छन् ।
उनीहरुको साथबाट ७८ केजी गाजा बरामद गरिएको प्रहरीले जनाएको छ । वीरगन्जबाट रक्सौल जाँदै गरेको युपी ८५ के यु ०१३३ नम्बरको होण्डा कारमा प्रहरीले वीरगन्जको शंकराचार्य गेट नजिक चेकजाँच गर्ने क्रममा कार भित्रबाट १४ वटा पोकामा रहेको ७८ केजी गाजा बरामद गरिएको प्रहरी नायव उपरिक्षक वीर बहादुर ओलीले बताउनु भयो । गाजा र कार सहित पक्राउ परेका दुवै जनालाइ जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक ओलीले जानकारी दिनु भयो ।