कोरियामा मर्सको संक्रमणबाट ३२ जनाको मृत्यु
एजेन्सी,१३ असार । दक्षिण कोरियामा मर्सको सक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । यो सँंगै त्यहाँं मृत्यु हुनेहरुको संख्या ३२ पुगेको छ । एकसाता अघि कोरियामा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या सक्रमितको १० प्रतिशत भएपनि हाल यस रोगबाट मृत्यु हुनेहरुको संख्या १७ दशमलब ५ प्रतिशत पुगेको कोरियाली स्बास्थ्य मन्त्रालयले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले यसबाट कोरियामा सक्रमित हुनेहरुको संख्या दिनानुदिन बढिरहेकाले यसको रोकथामका लागि विशेष सर्तकता अपनाउन आग्रह गरेको छ । उसले कोरियामा संक्रमणदरमा वृद्धि भइरहेकोले मृत्यु हुने प्रतिशत पनि दोब्बरले बढ्ने आंकलन गरेको छ ।