१६ बुँंदे सहमतिको शंका नगर्न सिंहको आग्रह
काठमाडौं,१३ असार । उपप्रधान तथा स्थानिय विकास मन्त्री प्रकाशमान सिंहले १६ बुँदे सहमतिमा शंका नगर्न आग्रह गर्नुभएको छ । राजधानीको न्युरोडमा आज बिहान आयोजित एक कार्यक्रममा मन्त्री सिंहले सहमति कार्यान्वयनमा आफुहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
नयाँ संविधान चाडै जारी हुने बताउदै कंग्रेस महामन्त्री समेत रहेका मन्त्री सिंहले सहमति अनुसार नै आफुहरु सत्ता छाड्न तयार रहेको उल्लेख गर्नुभयो । एमाले र एकीकृत माओवादीले संविधान निर्माणमा ढिलासुस्ती गरेर कंग्रेसले सत्ता लम्ब्याउन खोजेको आरोप लगाएपछि उपप्रधानमन्त्री सिहले संविधान निर्माणमा कंग्रेस प्रतिबद्ध रहेको बताउनुभएको हो । संविधान जारी भएपछि शक्ति बाँडफाँटका आधारमा नयाँ समिकरण बन्ने उहाँको भनाई थियो ।