मस्यौदाको खाका बुझाउन चार दलको बैठक
प्रमुख चार राजनीतिक दलहरुको बैठक वालुवाटारमा ४ घण्टायता बसिरहेको छ । संविधानसभालाई प्रारम्भिक मस्यौदाको खाका बुझाउने तयारीमा मस्यौदा समिति रहेपनि केही प्राविधिक बिषयमा कायम विवाद अन्त्यको प्रयासमा बैठक बसेको हो । प्रस्तावनामा बहुलवाद राख्ने नराख्ने, सर्वोच्च अदालत र संवैधानिक निकायमा पुनर्नियुक्ति, निर्वाचन थ्रेसहोल्ड लगायत विषयमा दलहरुबीच सहमति हुन सकेको छैन । पुनर्नियुक्तिका बिषयमा कंग्रेस र एमाले नै बिभाजित भएपछि सहमति हुन सकेको छैन ।
संविधान मस्यौदा समितिको बैठक नै स्थगित गरेर हिजो साँझ बसेको कंग्रेस, एमाले, एकीकृत माओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको बैठक निश्कर्षबिहीन भएको थियो । विवादित तीनै विषयमा थप छलफल गर्दै सहमतिको प्रयास हुने नेताहरुले जनाएका छन् ।