महिला तथा बालबालिका उच्च जोखीममा
श्रीराम केसी
काभ्रे,१३ असार । जिल्लामा पछिल्लो समय भुकम्पपछि मानव तस्करहरु सल्बलाउँ्रदा महिला तथा बालबालिका बेचबिखनको उच्च जोखिम बढ्दै गएको छ । भुकम्पपछि घरपरिवार र रक्षक गुमाई अस्थायी रुपमा बाहिर बस्दै आएका महिला तथा बालबालीकाहरुलाई तस्करहरुले आर्थिक, सामाजिक र मनावैज्ञानीक प्रलोभन देखाएर बेचविखन तथा यौनजन्य हिंसामा प्रयोग गर्न थालेसँंगै उच्च जोखिममा बढ्दै गएको हो ।
भुकम्पपछि बालबालीका तथा महिला हिंसा र बेचविखनको उच्च जोखिम बढ्दै गएको मानव अधिकारकर्मी भोजराज तिमल्सीनाले बताउनुभयो । ‘जोखीमयुक्त परिस्थितीको मौका छोपी दलाल र तस्करहरुल सल्बलाउन थालेसँंगै जिल्लामा भुकम्पबाट प्रभावीत महिला तथा बालबालिका उच्च जोखीममा रहेका छन् ।’ भुकम्पपछि त्रिपालमा बास बस्दै आएका ४ बालबालीकामाथि जबरजस्तीको प्रयास हुनुका साथै एकजना बालीका माथि सामुहिक बलात्कार भएको थियो ।
‘विपती पछि जोखिमयुक्त परिस्थितीमा रहेका महिला तथा बालबालिका बेचविखनमा, दुव्र्यवहार तथा यौनहिंसामा पर्न सक्ने सम्भावना भएकाले उच्च सतर्कता आपनाएको जिल्ला प्रहरी कार्यलयका डिएसपी राजकुमार केसीले बताउनुभयो । ‘धर्मपुत्र वा पुत्रीको नाममा पनि बेचबिखन, हिंसा हुन सक्ने भएकाले जिल्ला बालकल्याण समितिको सिफारिसबिना महिला बालबालीका स्नान्तरणका लागि रोकेका छौं, यदि लानै परेपनि कानुनी प्रक्रिाया मिलाएर मात्रै सम्बन्धीत ठाउमा लैजान सकिने व्यवस्था मिलाएको उनले बताए ।
पछिल्लो समय जिल्लामा भुकम्पका कारण आर्थिक तथा समाजीक रुपमा प्रभावीत भएकाहरु बालश्रम, चेलीबेटी बेचविखन, देह व्यापार, घरेलु हिंसा एवं महिला अपराध बढ्न थालेको सरोकारवालाहरु बताउनुहुन्छ । ‘जोखीम उच्च भएकाले हामीले भुकम्पबाट प्रभावीत बालबालीकाहरुलाई स्नान्तरण धर्मपुत्र वा धर्मपुत्रीको लागि सिफारिस गरेका छ्रैनौउ ।’ जिल्ला बालकल्याण समितिका बाल विकास अधिकृत जयराम कर्माचार्य भन्छन् ‘विपतमा आउनसक्ने समस्या र घटनालाई मध्यनजर गर्दै बालबालिका तथा सरोकारवाला निकायलाई निरन्तर मनोपरामर्श, जनचेतना लगायतका कामहरु गरिरहेको बताए ।’ ‘रोजगारी लगायतका आर्थिक प्रलोभन देखाएर बेचबिखन हुन सक्ने जोखीम युक्त ज्याम्दी, जैशिथोक, गैरीबिसौना, लगायतका गाविसमा आयआर्जनमा जोडेर परामर्श दिइरहेका छौ’ महिला विकास कार्यालयकी महिला अधिकृत शान्ता पौडेलका भन्छिन् अतिप्रभावित र जोखिमयुक्त क्षेत्रमा ‘दुव्र्यवहार र हिंसा हुने कुरामा पनि सचेत छौ ।’
भुकम्पका कारण जिल्लामा २५ बालबालिकाले अविभावक गुमाउनुका साथै एक वालीका त्रिपालमै बसीरहेको अवस्थामा बलात्कृत भएकी थिईन भने चार जना यौन हिंसामा परेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । भुकम्पमा परि १ सय ८ बालबालीकाले ज्यान गुमाउनुका साथै २ सय ५० जना घाईते भएका थिए ।भने २ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महिला सेलकी प्रहरी नायव निरीक्षक सिता श्रेष्ठले जानकारी दिईन ।
भुकम्प पछि मानव तस्कर सल्बलाउदै
भुकम्पअघि पनि मृगौला बेचबिखन ओसारपसार हुने गरेको काभ्रेको विभिन्न क्षेत्रहरुमा तस्करहरुले मौकाको फाईदा उठाई भुकम्पपछि आर्थिक रुपमा कमजोर भएकाहरुलाई विभिन्न प्रलोभनमा पारेर तस्करहरुले नया तरिका अपनाई ओसार पसार गर्न सक्रिय हुन थालेको पाचखाल नगरपालिकामा होक्से गाउका एक स्थनीयले नाम नछाप्ने शर्तमा भने घर बनाइदिने, जागीर लगाइदिने र पैसा दिन्छु भन्दै आउन थालेको बताए । ‘भुकम्प अधि भन्दा अहिले मृगौला तस्करीको जोखीम दोव्वर भएको छ ।’ मानव बेचविखन विरुद्धको परियोजनाको संयोजक मायालु तामाङ्ग भन्छिन् भुकम्प पछि उनिहरुको आर्थिक अवस्था झन कमजोर भएकाले बेचविखनको संम्भावना र जोखीम बढ्दै बताउनुभयो ।
यस्तो अवस्थामा तस्करहरु सल्बलाएकाले उचित सतर्कता आपनाएको बताईन । काभ्रेमा यसअधि आर्थिक तथा सामाजी लोभ लालच देखाएर पाँचखाल, खरेलथोक, कोशीदेखा, वालुवा, जैसीथोक, ज्याम्दीलगायतका गाविसका २ सय जना भन्दा बढीले भारतका बिभिन्न अस्पतालहरुमा मृगौला बेचबिखन गरिसकेका छन् ।
भुकम्प पछि तस्कर र दलाली समातीन थाले
सुरक्षित बसाइसराइको क्षेत्रमा कार्यरत नेपाल तामाङ घेदुङकी जिल्ला संयोजक मायालु तामाङले ‘जोखिमयुक्त बस्ती सार्ने क्रममा पनि सम्भावित जोखिमका बारेमा सचेत गराइरहे पनि मानिस सुरक्षित स्थानको खोजीमा असुरक्षित बढ्दै गएको बताईन । उनले सिन्धुपाल्चोकबाट कसैल बोलाएको त्रर जाने ठाउँ थाहा नभइ काठमाडौं हिडेका दुई बालकलाई प्रशासनको जिम्मा लगाएको बताउनुभयो ।
त्यस्तै पतञ्जली योग पिठ बनेपाले अवैध रुपमा राखेको सिन्धुपाल्चोक र काभ्रेका २२ बालबालीकालाई जिल्ला बालकल्यान कार्यालयले उद्धार गरी सम्बन्धीत अभिभावकहरुलाई वुझाएको थियो । भने पनौती नगरपालीकामा रहेको पुण्य माविको कक्षा ७ मा अध्यनरत एक बालीकालाई ललाई फकाई लैजान लागिरहेको अवस्थामा प्रहरीले २ जना तस्करहरुलाई नियन्त्रणमा लिएको थियो । यसरी तस्करहरुले नया नया तरिका र योजनाले ओसार पसारमा सक्रिउ हुन थालेसंगै भुकम्पबाट प्रभावीत महिला तथा बालबालीकाहरु जोखीमा बढ्न थालेको छ ।