बंगलादेशमा पहिरोमा परी १४ जनाको मृत्यु
एजेन्सी,१३ असार । बंगलादेशको दक्षिण्ी क्षेत्रमा गएको पहिरोमा परि कम्तीमा १४ जनाको मृत्यु भएको छ । पहिरोमा परी अन्य ३५ जना घाइते भएका छन् । लगातारको वर्षा पछि बंगलादेशको दक्षिणी र पश्चिमी क्षेत्रमा पहिरो सुरु भएको हो । २ दिनयता लगातार वर्षा नरोकीएपछि त्यहाँका विभिन्न नदीहरुमा पानीको वहाब पनि बढेको छ ।
नदीको पानी आसपासका बस्तीहरुमा पस्न सुरु गरेपछि ती बस्तीहरु जलमग्न भएका छन् । पहाडी क्षेत्रहरुमा भने लगातार पहिरो झर्ने क्रम जारी रहेको बंगलादेशी प्रहरीले जनाएको छ । प्रभाबित क्षेत्रका सर्बसाधारणहरुलाई सुरक्षित स्थानहरुमा सार्नका लागि स्थानिय प्रशासनले पहल थालेको छ ।