नेपालको पूर्वी भागमा भूकम्पको धक्का
काठमाडौं,१३ असार । नेपालको पूर्वी भागमा आज बिहान भूकम्पको धक्का महशुस गरिएको छ । आज बिहान ७ बजेर ५ मिनेटमा भारतको आसाम केन्द्र विन्दु भएर ५ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको अन्तर्राष्टिय भूकम्प मापन केन्द्रले जनाएका छन् । सो भुकम्पका कारण आसाममा कुनै क्षति भने नभएको टाईम्स अफ ईण्डियाले जनाएको छ ।
सो भुकम्पको धक्का भुटान, र बंगलादेशमा समेत महसुश गरिएको थियो । नेपालमा वैशाख १२ गते ७ दशमलव ८ रेक्टर स्केलको ठूलो भूकम्प गएको थियो । यसैबिच नेपालमा भने शुक्रबार साझँ ६ बजेर २ मिनेटयता ४ म्याग्निच्युट माथिका कुनै पराकम्प मापन नभएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।