जोन जिङ नेपाल आउँंदै
काठमाडौं,१३ असार । संयुक्त राष्ट्रसंघका मानवीय मामिला समन्वय कार्यालयका निर्देशक जोन जिङ ४ दिने भ्रमणका लागि आज नेपाल आउदै हुनुहुन्छ । उहाँले भूकम्पबाट अतिप्रभावित क्षेत्रमा भएका मानवीय सहायताको अनुगमन गर्नुहुनेछ । साथै क्षतिको आँकलन तथा त्यसमा संलग्न सरकारी एवम् गैरसरकारी निकायका पदाधिकारीसँग पनि जिङले छलफल गर्नुहुनेछ ।
साथै उहाँले प्रभावित परिवार, नेपाल सरकारका केन्द्रीय एवम् स्थानीय तहका पदाधिकारी, स्थानीय एवम् अन्तर्रा्ष्ट्रिय गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि र मानवीय सहायतामा वित्तीय एवम् प्राविधिक सेवा प्रवाहमा संलग्न साझेदारसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको काठमाडौंस्थित राष्ट्रसङ्घीय कार्यालयले जनाएको छ ।